Logo

प्रमुख समाचार

देशभर हार्ने भएपछि एमालेले लगायो धाँधलीको आरोप, गगन थापाले गरे काउन्टर अट्याक



काठमाडौं ।चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको प्रमुख विपक्षी नेकपा एमालेको आरोपप्रति कांग्रेस महामन्त्री गगन थापाले काउन्टर अट्याक गरेका छन् । उनले एमालेले लगाएको आरोपलाई हारको मानसिकताको उपज भनेका छन् ।

आज दिउँसो वक्तव्य जारी गरेर एमालेले स्थानीय तहको चुनावमा धाँधली भएको आरोप लगाएको थियो । ठिक यस्तै आरोप ७० सालको चुनावमा हारेपछि माओवादीले लगाएको थियो ।

एमालेको धाँधलीको आरोपलाई महामन्त्री थापाले जनताको मतको अवमूल्यन पनि भनेका छन् ।

‘मतदानसम्म ठिक, मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा एमालेले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो’, गगनले भनेका छन्।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार २०:३५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।