पोखरा । पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ६३ मतको ल्याएका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को ४ हजार ६ सय मतगणनामा आचार्यले १ सय २६ मतले अग्रता लिएका हुन् ।
निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले १ हजार ९ सय ३७ मत ल्याएर पछ्याइरहेका छन् । मेयरतर्फ राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ९ सय २५ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जु गुरुङले १ हजार ७ सय ६५ मत प्राप्त गरेकी छन् । उनीहरूको मत अन्तर १ सय ४४ छ । पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
पोखरामा अघिल्लो पटक एमालेले जितेको थियो । अन्त हार्दै गर्दा यसपटक पोखरामा त जितिएला ठानेको एमाले त्यहाँ पनि नेकपा एसबाट पछि परेपछि निराश छ ।
प्रतिक्रिया