Logo

प्रमुख समाचार

भरतपुर अपडेट : एमालेका सुवेदीलाई ३मतको अग्रता



चितवन। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् ।

जारी मतगणनामा सुवेदीले २९१८ मत ल्याएर ३ मतले लिड अग्रता राखेका छन् । त्यस्तै, गठबन्धनकी नेकपा माओवादी केनद्रकी उम्मेदवार रेणु दाहालले २९१५ मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ सय २१ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २९५३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २१६२ मत ल्याएकी छिन् ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ११ : ०६ बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।