Logo

प्रमुख समाचार

एमालेको गढ दैलेखको भैरवी पालिकामा कांग्रेस विजयी



सुर्खेत  एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिका दैलेखको भैरवी पालिकामा कांग्रेसले एमालेको गढ भत्काएको छ ।

त्यहाँ पालिकाको अध्यक्षमा कांग्रेसकी रिताकुमारी शाहीले ३ हजार ९७६ मत ल्याएर विजयी भएकी छन् भने उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारी ३ हजार ३७४ मत ल्याएर विजयी भएका छन् ।

एमालेबाट अध्यक्षमा सर्वराज महताराले ३ हजार ९६० मत ल्याएर पराजित हुन पुगे भने उपाध्यक्षमा एमालेले ३ हजार २२७ मत पाएको छ । एमालेबाट उपाध्यक्ष लडेकी पदमकुमारी विष्ट ०७४ मा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ६ : ०९ बजे

714
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।