Logo

प्रमुख समाचार

ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिश्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाएका छन् । यो वडामा वडाध्यक्षसहित कांग्रेसको प्यानल नै निर्वाचित भएको छ ।

एमाले अध्यक्ष वलीले वडा नं. २ बालकोटस्थित महेन्द्र शान्ति केन्द्रमा मतदान गरेका थिए । उनको निर्वाचन क्षेत्र झापा भए पनि भक्तपुरको बालकोटबाटै मतदान गर्ने गरेका छन् ।

सूर्यविनायकको मेयरमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ । कांग्रेस उम्मेदवार निशान ढुंगेलले ३ हजार १३१ मत पाउँदा निवर्तमान मेयरसमेत रहेका एमालेका उम्मेदवार वासुदेव थापाले २ हजार ७६० मतसहित पछ्याइरहेका छन् ।

उपमेयरमा भने एमालेकी सरिता भट्टराईले अग्रता बनाएकी छिन् । उनले २ हजार ८२३ मत पाउँदा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले १ हजार ४४८ मत पाएका छन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ६ : ४४ बजे

14.778k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।