Logo

प्रमुख समाचार

माओवादीका दीपक बने अजिरकोट गाउँपालिका अध्यक्ष



गोरखा । गोरखाकाे अजिरकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका दीपक देवकोटा निर्वाचित भएका छन् । सोमबार सकिएको मत गणनामा देवकोटा ३ हजार ७८७ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्दबहादुर गुरुङले ३ हजार २८९ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका एमालेका गीताकुमारी पोखरेलले ३५५ मत पाइन् ।

२०७४ को चुनावमा देवकोटा तेस्रो थिए । कांग्रेसले प्रमुख र उपप्रमुख दुबै जितेको थियो ।

तर यो पटक प्रमुखसँगै उपप्रमुख पनि माओवादी केन्द्रले जितेको छ । माओवादीकी अनिता भुजेल ३ हजार ५३२ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्द्र गुरुङले ३ हजार ३६१ र एमालेका शेखरनाथ न्यौपानेले ५१३ मत पाए ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ७ : १५ बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।