काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ। जसअनुसार १४ हजार ६११ मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहकै अग्रता छ ।
उनले ५६६५ मत पाएका छन् भने नेकपा एमालेका केशव स्थापितले ३०४६ मतसहित पछ्याइरहेका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २६४० मत पाएकी छन् ।
उपमेयरमा भने एमालेकै अग्रता छ । एमालेकी सुनिता डंगोलले ५८४४ मतसहित अग्रता लिइरहेकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६०९ मत पाएका छन् ।
प्रतिक्रिया