जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा मत मतदान भएको भनिएको भन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि विवाद भएको छ । जसकारण मत गणना नै स्थगित गरिएको छ । ।
धनौजी १ लखौरी गाउँमा मतदानको मुचुल्काभन्दा १५ मतपत्र बढी फेला परेपछि आइतबार राति विवाद भएको थियो । मत गणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले बताए ।
विवादले उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाइ फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले मत गणनाको विषयमा विवाद भएको र घटनाबारे जानकारी लिइरहेको बताए ।
यहाँ आइतबार रातिदेखि नै मत गणना भइरहेको थियो । धनौजी ३, ४ र ५ को मत गणना सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया