Logo

प्रमुख समाचार

भरतपुरमा एमालेका सुवेदीले बनाए अग्रता



भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । करिब एक घण्टाअघि तीन मतले अग्रता बनाएका उनले पछिल्लो समय ३३ मतको अग्रता बनाएका छन् ।

११ हजार ७ मत गनिसक्दा सुवेदीले ३ हजार ८३८ मत पाएका छन् भने सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ८०५ मत पाएकी छन् ।

प्रमुखमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५११ मत पाएका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ३५२ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २ हजार ९९८ मत पाएकी छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १०:०२   :  बजे

1.755k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।