Logo

प्रमुख समाचार

केपिलासगढी अध्यक्षमा कांग्रेसका राई विजयी



खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी भएका छन् ।
नेकपा एकीकृत समाजवादीका माईतीराज राईलाई पछि पार्दै समिर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

समिरले २ हजार २४४ मत पाउँदा माइतीराजले १ हजार ८०८ मत पाएको निर्वाचन अधिकृत राजकुमार राईले बताए । अध्यक्षका निकटतम प्रतिस्पर्धी माइतीराज कांग्रेस बाहेकको गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राई विजयी भएका छन् । उनले १ हजार ९८३ मत प्राप्त गरेका छन् । उपाध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेकी मैयाँ सुनुवारले १ हजार ७६१ मत पाएका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष एमालेका कृष्णकुमार राईले १ हजार ७४४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  १० : १८ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।