Logo

प्रमुख समाचार

चुरे गाउँपालिका अध्यक्षमा एमाले विजयी



धनगढी । कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमालेका चक्र बहादुर बोगटी विजयी हुँदा उपाध्यक्ष कांग्रेसका धना थापा निर्वाचित भएका छन् । वडातर्फ १ वडा मात्रै कांग्रेसले जितेको छ । अन्य वडामा भने एमालेले जितेको छ ।

चुरे १ मा कांग्रेसका डम्वर बहादुर सिंह विजयी हुँदा वडानम्बर २ मा एमालेका केशव साउद, ३ मा एमालेका ठक्कर राना, ४ मा एमालेका चक्र बहादुर लामिछाने मगर, ५ मा एमालेका वीर बहादुर धामी र ६ मा एमालेका प्रेम बहादुर साउद विजयी भएका छन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ११ : ३२ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।