Logo

प्रमुख समाचार

भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’



भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा करिब नौ गुना मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार दुई सय मत पाएका छन् ।

उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार तीन सय ५२ मतमा सिमित भए । त्यस्तै, उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९ हजार ६ सय ९५ मत ल्याएर विजयी भएकी छिन् ।

उनकी निकट प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७ सय ८४ मत पाएकी छिन् । यो नगरपालिकामा नेमकिपाले क्लिन स्विप (मेयर, उपमेयर, वडा अध्यक्षहरु, सदस्यहरु सबै) भएको हो । नगरपालिकामा विपक्षीहरूको भने जमानत जफत भएका छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १३:५३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।