Logo

प्रमुख समाचार

गण्डकीमा रोचक नतिजा : कतै १ भोट, कतै शून्य



पोखरा । नवलपुरको बौदीकाली गाउँपालिकामा दुईजना स्वतन्त्र उम्मेदवारले शून्य मत पाएका छन् । मधुकर नेपाली र कृष्णप्रसाद पराजुलीले १ मत पनि नपाएका हुन् ।

बागलुङको तमानखोला गाउँपालिकामा उपाध्यक्षमा प्रतिस्प्रर्धा गरेका एकीकृत समाजवादीका उम्मेदवार तारानाथ श्रीपालीले एक मत मात्रै पाए । त्यस्तै, मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा राप्रपाबाट उपाध्यक्ष उठेका झ्याम्याङ टासी गुरुङले १ मत मात्रै पाएका छन् ।

अर्को अनौठो नतिजा के छ भने मनाङ र मुस्ताङका अधिकांश पालिकामा दलित महिला सदस्य निल छ । नार्पाभूमीको १ मा महिला र दलित महिला सदस्य नै छैनन् । २ देखि ५ सम्म दलित महिला सदस्य छैनन् ।

मनाङ ङिस्याङको १, २ र ८ मा दलित महिला सदस्य छैनन् । नासों गाउँपालिकाको २, ३ र ६ मा दलित महिला सदस्य छैनन् । यहाँका अधिकांश वडाहरूमा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

मुस्ताङको लोमान्थाङमा ५ वटै वडामा दलित महिला सदस्य निल छ । लो घेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नम्बर २ बाहेक सबै वडामा दलित महिला सदस्य निल छन् । बाँकीमा मतगणना चलिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ३ : २३ बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।