Logo

प्रमुख समाचार

मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : देउवा



भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भगवान गौतम बुद्धको जन्मस्थललाई विश्वभर थप परिचित तुल्याउन मद्दत पुगेको बताएका छन् ।

२५६६औँ बुद्ध जयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको विगतको मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर लगायतका भ्रमणले दुवै देशका जनता बीचको साँस्कृतिक समबन्ध थप बलियो भएको बताए । मोदीको भ्रमणले दुई देशबीच ऐतिहासिक कालदेखिनै सामाजिक धार्मिक, साँस्कृतिक र परम्परागत सम्बन्धलाई थप प्रगाढ बनाएको बताए ।

गौतमबुद्धको दर्शनले दुवै देशका नागरिकलाई प्रभावित पारेको बताउँदै संस्कृतिक सम्बन्ध पनि थप बलियो बनेको बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १६:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।