Logo

प्रमुख समाचार

मेलौलीको मेयरमा माओवादीका ‘भूकम्प’



बैतडी । बैतडीको मेलौली नगरपालिकामा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भूकम्प) विजयी भएका छन् । उनी तीन हजार ९६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका जगदीश सिंह नायकले दुई हजार ३७६ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका पार्वती बोहरा विष्टले दुई हजार ९२७ मत ल्याएर विजयी हुँदा एमालेका हेमन्ती नायकले दुई हजार ४०८ मत ल्याएका छन् ।

वडाहरुमा भने मेलौली १ मा एमालेका सरद सिंह नेगी, २ मा काग्रेसमा कृष्णदत्त भट्ट, ३ मा कांग्रेसकै गगन भाट, ४ मा माओवादी हर्कबहादुर चन्द, ५ मा काग्रेसका भरत पुजारा, ६ मा ओवादीका तारा दत्त भट्ट, ७ मा माओवादीकै रामचन्द्र भट्ट, ८ मा एमालेका तपेन्द्र विष्ट र ९ मा कांग्रेसका लोकराज भट्ट विजय भएका छन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ५ : ०१ बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।