Logo

प्रमुख समाचार

गल्याङ नगरपालिकाको मेयरमा कांग्रेस विजयी



स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमाले विजयी भएको यो पालिकामा कांग्रेसका गुरुप्रसाद भट्टराई ७६७ मतान्तरले निर्वाचित भएका हुन् ।

भट्टराईले ९ हजार ६२९ मत ल्याउँदा उनका प्रत्यासी एमालेका सूर्यप्रसाद गैरे ‘पारस’ले ८ हजार ९२२ मत प्राप्त गरे । भट्टराई कांग्रेस स्याङ्जाका सचिव समेत हुन् ।

यसैगरी गल्याङको उपमेयरमा कांग्रेसकै हेमा न्यौपाने निर्वाचित भएकी छन् । उनले एमालेकी देवीसरा थापालाई ८८ मतले पराजित गरिन् । न्यौपानेले ९ हजार ११८ मत ल्याउँदा थापाले ९ हजार ५५ मत ल्याइन् ।

गल्याङ नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ६ र १० मा कांग्रेस, २, ७, ८ र ११ मा एमाले तथा वडा नम्बर ५ मा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १७:०१   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।