गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।
माओवादीका रमेश बाबु थापामगर ५ हजार ४७४ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण प्रसाद लामिछानेले ४ हजार ४३२ मत ल्याए । यस्तै, नेकपा एमालेका उम्मेदवार मनोज कुमार जोशीले ४ हजार ११७ मत ल्याए भने जसपाका उम्मेदवार कल्पना थापाले २०० मत ल्याइन् ।
उपाध्यक्षमा विजयी भएकी माओवादीकी इन्दिरा तिवारी ४ हजार ९९६ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी शर्मीला श्रेष्ठले ४ हजार ४३२ मत ल्याइन् । यस्तै, नेकपा एमालेकी लुना थापाले ३ हजार ३७८ र जसपाका मनोज श्रेष्ठले ९०१ मत ल्याए ।
प्रतिक्रिया