Logo

प्रमुख समाचार

काठमाडौँ महानगरको मत गणनामा भइरहेको ढिलाइको विकल्प खोज्दै आयोग



काठमाडौँ । काठमाडौँ महानगरपालिको मत गणना भइरहेको ढिलाइप्रति निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ । मत गणनामा निकै ढिलाइ भइरहेको आयोगको जानकारीमा रहेको आयोगको प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताए ।

मत गणनालाई चाँडो गर्ने विषयमा आयोग छलफलमा रहेको भन्दै कुनै उपाय लगाएर समाधान गर्ने प्रयास भइरहेको बताए । ‘काठमाडौं महानगरको मत गणनामा ढिलाई भएकै हो । यस विषयमा हामी छलफल गरिरहेका छौं । थप स्थानमा पनि मत गणना गर्नेगरी काम गर्छौं,’ प्रवक्ता पौडेलले भने ।

धेरै ठाउँबाट एकै पटक मत गणना गर्दा आयेगसँग उपलब्ध स्रोत साधनले कतिको सम्भव छ भन्ने विषयमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भइरहेको उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिकामा एक मत गन्न २० मिनेटभन्दा बढी समय लागिरहेको छ । यस हिसाबले मत गन्न महिनौं लाग्ने देखिन्छ । मत गणनामा ढिलाइ भएपछि दुई ठाउँ थप गरेको थियो । सुरुमा १ नम्बर र ३२ नम्बर वडाबाट मत गणना थालिएको थियो । पछि २, ३, ४ र ३१ वडाको मत गणना थालिएको थियो ।

३१ वैशाख बिहान १० बजेदेखि थालिएको मत गणना सोमबार अपरान्हसम्म आउँदा १४ हजार मात्र मत गणना भएको छ । मत गणनामा ढिलाइ भएपछि आयोगले विकल्पको खोजी गर्न थालेको हो ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनको काठमाडौं महानगरको मत गणना १३ दिनमा सकिएको थियो ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ५ : २० बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।