गोरखा । गोरखाको शहीद लखन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा रमेशबाबु थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारी निर्वाचित भएका हुन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा पनि मगर अध्यक्षमा र तिवारी उपाध्यक्षमा निर्वाचित भएका थिए ।
मगरले ५ हजार ४७४ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायणप्रसाद लामिछानेले ४ हजार ४३२ मत ल्याए ।
उपाध्यक्षमा निर्वाचित तिवारीले ४ हजार ९९६ मत ल्याउँदा उनका उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसकी शर्मिला श्रेष्ठले ४ हजार ४३२ मत प्राप्त गरिन् । शहीद लखन गाउँपालिकामा कुल १५ हजार ३९१ मत खसेको थियो ।
९ वटा वडा रहेको उक्त पालिकामा माओवादी र कांग्रेसले ४४ र नेकपा एमालले एउटा वडा जितेको छ । वडा नम्वर १ नेकपा एमाले, २, ४, ५ र ९ माओवादी केन्द्र र ३, ६, ७ र ८ मा कांग्रेसले जितेको हो ।
प्रतिक्रिया