गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी निर्वाचित भएका छन् ।
माओवादीका पोखरेलले ६ हजार ८९ मत ल्याएर अध्यक्ष जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २६१ मत ल्याए ।
उपाध्यक्षमा निर्वाचित एमालेकी गिरीले ६ हजार १ मत ल्याइन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३ हजार ४८८ मत ल्याए ।
प्रतिक्रिया