Logo

प्रमुख समाचार

भरतपुरमा पुनः रेणुलाई झिनो मतान्तरको अग्रता



चितवन । चितवनको भरतपुर महानगरपालिकामा फेरि नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् । सोमबार दिनभर नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिए पनि साँझतिर दाहालले अग्रता लिएकी हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार १५ हजार ३१ मत गणना हुँदा दाहालले पाँच हजार ३९ मत पाएकी छन् भने सुवेदीले पाँच हजार २७ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ५५ मत ल्याएका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४३ मत र राप्रपा उम्मेदवार हिमला गुरुङले चार हजार ४२ मत पाएकी छन् ।

भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल छ । त्यस्तै एमाले र राप्रपाले पनि तालमेल गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ७ : ०९ बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।