काठमाडौँ । सिन्धुलीको तीनपाटन गाउँपालिकामा सत्ता गठन्धनको अग्रता कायमै छ । अहिले गठबन्धनबाट कांग्रेसका कर्णबाहदुर मगरले ८५८७ मतका साथ अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका छत्रबहादुर दाहालले ७३२१ मत ल्याएका छन् ।
उपाध्यक्षमा पनि गठबन्धन नै अघि देखिएको छ । गठबन्धनबाट माओवादी केन्द्रका धनबहादुर पुलामीले ७८४७ मत ल्याएका छन् भने एमालेका पदममाया तामाङले ७१७४ मत प्राप्त गरेका छन् ।
तीनपाटमा वडा नम्बर १, ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर २, ३, ४, ७, ८, ९, १० र ११ मा गठबन्धनका उम्मेदवारले बाजी मारेका छन् ।
प्रतिक्रिया