Logo

प्रमुख समाचार

भरतपुरमा अग्रता खोसाखोस, रेणुलाई हराउन जगन्नाथको भोट पर्याप्त



काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहाल र एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीबीच अग्रता खोसाखोस चलिरहेको छ ।

पछिल्लो मतपरिणामअनुसार प्रचण्डपुत्री समेत रहेकी माओवादी केन्द्रकी रेणुले फेरि अग्रता लिएकी छन् ।

१५४३२ मतगणनामा रेणुले ५१६५ मत पाएकी छन् भने सुवेदीले ५१४८ मत पाएका छन् । बागी जगन्नाथ पौडेलले २४४० मत पाएका छन् ।
उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी फराकिलो मतान्तरले अगाडि छन् । उनले ६२०६ मत पाउँदा राप्रपाकी हिमला गुरुङ ४१५७ मतमा छिन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १९:४०   :  बजे

2.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।