काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहाल र एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीबीच अग्रता खोसाखोस चलिरहेको छ ।
पछिल्लो मतपरिणामअनुसार प्रचण्डपुत्री समेत रहेकी माओवादी केन्द्रकी रेणुले फेरि अग्रता लिएकी छन् ।
१५४३२ मतगणनामा रेणुले ५१६५ मत पाएकी छन् भने सुवेदीले ५१४८ मत पाएका छन् । बागी जगन्नाथ पौडेलले २४४० मत पाएका छन् ।
उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी फराकिलो मतान्तरले अगाडि छन् । उनले ६२०६ मत पाउँदा राप्रपाकी हिमला गुरुङ ४१५७ मतमा छिन् ।
प्रतिक्रिया