Logo

प्रमुख समाचार

भक्तपुरका तीन नगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता



भक्तपुर । भक्तपुरको मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण गरी तीन नगरपालिकाको मेयरमा कांग्रेस अग्रस्थानमा रहेको छ । सोमबार साँझसम्म मध्यपुर थिमीमा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठ ९०८८ मतका साथ अग्रस्थानमा छन् । श्रेष्ठलाई पछ्याइरहेका नेपाल कम्युनिस्ट पार्टी एमालेका मदनसुन्दर जगुलु श्रेष्ठले ६२७२ मत ल्याएका छन् ।

सूर्यविनायक नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निशान ढुंगेल ४३२८ मतका साथ अग्रस्थानमा छन् । ढुंगेललाई पछ्याइरहेका नेपाल कम्युनिस्ट पार्टी एमालेका वासुदेव थापाले ३८१० मत ल्याएका छन् ।

चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार जीवन खत्री ४७१६ मतका साथ अग्रस्थानमा छन् । खत्रीलाई पछ्याइरहेकी एमालेकी बिना बास्तोलाले ४२६३ मत ल्याएकी छन् । जिल्लाको अर्को भक्तपुर नगरपालिकामा भने नेपाल मजदुर किसान पार्टीले विजय हासिल गरिसकेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार २१:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।