Logo

प्रमुख समाचार

केपी ओलीको गाउँका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित



तेह्रथुम । एमाले अध्यक्ष केपी ओलीको घर रहेको तेह्रथुमको आठराई गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर लिम्बु यसपटकको निर्वाचनमा वडा सदस्यमै पराजित भएका छन् ।

लिम्बू पालिका अध्यक्षबाट राजीनामा दिएर वठा नम्बर–७ को खुला सदस्यमा निर्वाचन लडेका थिए । यसअघि एमालेबाट जितेका लिम्बु यसपटक पनि एकीकृत समाजवादीबाट वडा सदस्य उम्मेदवार थिए ।

उनी जिल्ला समन्वय समितिमा जाने भन्दै वडामा झरेका थिए । ०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष जित्दा उनले ३ हजार ८७४ मत ल्याएका थिए । उनी एमाले तेह्रथुमका जिल्ला सचिव भएर काम गरिसकेका व्यक्ति हुन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  १० : ४७ बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।