Logo

प्रमुख समाचार

काठमाडौंमा २५ हजार मतगणना गर्दा बालेनलाई ९६०५ मत



काठमाडौं । मंगलबार बिहान ६ बजेको पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ९ हजार ६ सय ५ मत ल्याएर अग्रस्थानमा छन् ।

उनलाई नेकपा एमालेका केशव स्थापितले ५ हजार १ सय ४ मतले पछ्याइएरहेका छन् ।

बालेन र स्थापितको मतान्तर ४ हजार ५ सय १ रहेको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

काठमाडौंको उपमेयरतर्फ सुनिता डंगोलले ७ हजार ८ सय ३० मत ल्याएर अग्रस्थानमा छिन् भने गठबन्धनका रामेश्वर श्रेष्ठ २ हजार २ सय २० मत ल्याएर दोस्रो स्थानमा छन् ।

काठमाडौंमा हालसम्म २५ हजार मत गणना गरिएको निर्वाचन आयोगले जनाएको छ । काठमाडौंमा १ लाख ९० हजारले मतदान गरेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ०६:३८   :  बजे

1.6K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।