Logo

प्रमुख समाचार

शारदाको मेयर र उपमेयरमा कांग्रेस विजयी



सल्यान । सल्यानको शारदा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् ।

मेयरमा कांग्रेसका जिल्ला सचिवसमेत रहेका प्रकाश भण्डारी १२८० मतान्तरले विजय भएका हुन् । भण्डारीले ६२१७ मत ल्याएर विजय भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका मनोज प्रधानले ४९३७ र माओवादी केन्द्रका प्रमोद श्रेष्ठले ३९९४ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा पनि कांग्रेसकी सुस्मिता सापकोटाले ५३८० मत ल्याएर विजय भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रमेश गौतमले ४५९५ मत ल्याए भने एमालेकी जालना भण्डारीले ४५२२ मत ल्याएकी छन् ।

१५ वडा रहेको शारदा नगरपालिकामा ८ वटा वडा कांग्रेस, ५ एमाले, माओवादी र एकीकृत समाजवादीले एक/एक वडा जितेका छन्।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ७ : २० बजे

759
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।