मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले अग्रता लिएका छन्।
पछिल्लो परिणाम अनुसार‚२२ हजार ८५० मत गणना हुँदा राप्रपाका दीपकबहादुर सिंहले ८ हजार २६५ मत प्राप्त गर्दै अग्रता लिएका हुन्। सिंहलाई गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की मीना लामाले पछ्याइरहेकी छिन्। उनले ८ हजार ६७ मत प्राप्त गरेकी छिन्। नेकपा (एमाले) का अनन्त पौडेल ६ हजार ५२१ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने गठबन्धनबाट पमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले ११ हजार ७९१ मत ल्याउँदै फराकिलो मतान्तर बनाएका छन्। यस्तै एमालेकी सुमित्रा काफ्लेले ८ हजार ३३ र राप्रपाकी इन्दिरा न्यौपानेले २ हजार १० मत प्राप्त गरेकी छिन्।
प्रतिक्रिया