Logo

प्रमुख समाचार

कांग्रेस बागमतीका सभापति बानियाँको वडामा एमालेको प्यानलै विजयी



हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

हेटौंडा उपमहानगरपालिका-१८ मा एमालेबाट उम्मेदवार अनिलकुमार बानियाँसहित प्यानल विजयी भएकाे हाे । 

अनिल १ हजार ८९८ मतसहित वडाध्यक्ष बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबाबु बानियाँले १ हजार ७२० मत मात्र पाए । 

अनिल ०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ८ : ५४ बजे

369
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।