Logo

प्रमुख समाचार

कलैया प्रमुखमा एमालेका साहको फराकिलो अग्रता



वीरगंज । बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाको प्रमुख पदमा लगातार नेकपा (एमाले)ले अग्रता लिइरहेको छ । प्रमुखमा एमालेका विनोद प्रसाद साह २७ सय ४७ मतले नेपाली कांग्रेसका राजेश राय यादवभन्दा अघि छन् ।

साहले ७ हजार ३ सय मत ल्याएका छन् भने बारा कांग्रेसका सभापति समेत रहेका यादवले ४ हजार ५ सय ५३ मत ल्याएका छन् ।

त्यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धन अन्तर्गतको जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रमोद प्रसाद गुप्ताले ५ हजार ४ सय ५० मत र एमालेकी उपमेयरकी उम्मेदवार रौशन परविनले ४ हजार ५ सय ५८ मत ल्याएकी छन् ।

कलैया वडा नम्बर १ मा एमालेका मोहन बहादुर क्षेत्री ९ सय २८ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका नन्दन गुप्ताले ५८० मत पाए ।

त्यसैगरी, कलैयाको वडा नम्बर २ मा कांग्रेसका राजेश कुमार महतोले ७५६ मत ल्याई वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेशकुमार पटेलले ७१८ मत ल्याएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १२:५५   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।