Logo

प्रमुख समाचार

भरतपुरमा साढे १८ हजार मत गणना, दाहालकाे अग्रता कायमै



भतरपुर महानगरपालिकामा मंगलबार मध्याह्नसम्म १८ हजार ५८३ मत गणना भएको छ ।

अहिलेसम्म मेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन् । उनले ६ हजार २०७ मत पाएकी छन् ।

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ६ हजार ११५ मत पाएका छन् । तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २२ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले सात हजार ५५८ मत पाएका छन् । विपक्षी गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले पाँच हजार १० मत पाएकी छन् ।

अहिले भरतपुर वडा नं. ५ को मतगणना भइरहेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १३:०४   :  बजे

846
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।