Logo

प्रमुख समाचार

‘केजीएफ’का निर्माताहरूको युटर्नः च्याप्टर–३ तत्काल सुरु नहुने



मुम्बई । केजीएफका निर्माता विजय किरागन्दुरले युटर्न लिएका छन् । केहीदिन अघिमात्रै दैनिक भाषकरसँग कुरागर्दैै उनले आफ्नो बल्कबस्टर चलचित्र ‘केजीएफ’ को च्याप्टर–३ पनि चाँडै नै सुरु गर्ने घोषणा गरेका थिए । उनले ‘च्याप्टर–३’ २०२२ कै अक्टोबर–नोभेम्बरदेखि सुरु गर्ने र अर्को वर्ष रिलिज गर्ने घोषणा गरेका थिए । 

तर, त्यसको एकदुई दिनभित्रै उनले युटर्न लिएका छन् । विज्ञप्ति जारी गर्दै ‘केजीएफ च्याप्टर–३’ तत्काल सुरु गर्ने कुनै योजना नभएको जानकारी दिएका छन् । 

केजीएफ च्याप्टर–२ का कार्यकारी निर्माता कात्र्तिक ग्वाडाले ट्विट गर्दै लेख्छन्, “समाचारमा आएका कुराहरु सबै भ्रम हुन् । थुप्रै एक्साइटिङ प्राजेक्टहरू हाम्रो अघि बाँकी रहेकाले हामी केजीएफ च्याप्टर–३ अहिले नै सुरु गर्ने योजनामा छैनौं । हामीले यसको काम सुरु गर्ने भएसँगै तपाईंहरूलाई जानकारी दिने छौं ।”

यतिमात्रै होइन निर्माता विजयले केजीएफलाई मार्भल युनिभर्सजस्तै बनाउने योजना रहेको पनि बताएका थिए । एजेन्सी

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  २ : ०१ बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।