Logo

प्रमुख समाचार

धनुषाको धनौजी र लक्ष्मीनियाँ गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी



जनकपुरधाम । धनुषाको दुई गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । जिल्लाको धनौजी गाउँपालिकामा कांग्रेसका उम्मेदवार राजकुमार साह र लक्ष्मीनियाँ गाउँपालिकाका पनि अध्यक्षमा कांग्रेसकै भोगेन्द्र मिश्र विजयी भएका हुन् ।

धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका राजकुमार साहले ९९ मत अन्तरले विजयी भएका हुन् ।

साहले दुई हजार २६२ मत ल्याएरका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जीवेन्द्र झाले २ हजार १६३ मत ल्याएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा कांग्रेसकी रामवती देवी मण्डल दुई हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन् । लोसपाका उपाध्यक्षका उम्मेदवार रन्जिता देवी मण्डलले एक हजार ९०१ मत ल्याएकी हुन् ।

सोमवार दिनभरी उक्त पालिकामा मतपत्र लिएर दलहरु बीच विवाद भएको थियो । तर सोमवार साँझ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पोडेलले पहल गरेपछि दलहरु मतपगणना गर्न तयार भएका थिए । यसअघि पनि कांग्रेसकै बद्री सिंह सो गाउँपालिकामा अध्यक्ष रहेका थिए ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ४ : ०७ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।