Logo

प्रमुख समाचार

गोरखाको धार्चे गाउँपालिकामा माओवादी विजयी



गोरखा । धार्चे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा लक्षमण गुरुङ र उपाध्यक्षमा माओवादीकै सुनिला गुरुङ विजयी बनेका छन् ।

लक्ष्मण ३ हजार ७ सय ७१ मत ल्याएर विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर गुरुङ(सन्तोष) १ हजार ९ सय ४६ मत ल्याएर पराजित बने । लक्ष्मण र सन्तोष २०७४ मा पनि प्रतिस्पर्धी हुन् ।

उपाध्यक्षमा विजयी बनेकी माओवादीकी उम्मेदवार सुनिलाले ३ हजार ७ सय ७९ मत ल्याएर विजयी बनिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी फुलमायाँ गुरुङले १ हजार ९ सय ७६ मत ल्याइन् ।

७ वडा रहेको धार्चे गाउँपालिकामा १, २, ४, ५ र ७ नम्बर वडाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रले जितेको छ । ३ र ६ नम्बर वडाका वडा अध्यक्षमा एमाले जितेको छ ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ५ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।