Logo

प्रमुख समाचार

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज २ हजार मतले अगाडि



जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ । 

ताजा मत परिणामअनुसार मनोजले ३ हजार ५१० मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह हिराले १ हजार ५११ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार ५ मत ल्याएका छन् ।

उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ३ हजार ४४२, नेकपा एमालेकी रूणा झाले १ हजार ७३७ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १ हजार ११० मत ल्याएका छन् ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ५ : २६ बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।