Logo

प्रमुख समाचार

मत परिणाम आइरहेका बेला नेकपा एसको प्रतिक्रिया : गठबन्धन प्रभावकारी भएन



काठमाडौँ । स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेका बेला नेकपा एकीकृत समाजवादीले गठबन्धन प्रभावकारी नभएको प्रतिक्रिया जनाएको छ । नेकपा एसका संसदी दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी नभएको बताएका हुन् ।

‘बल्ल परिणामहरू आउनेक्रम सुरु भएको छ । गठबन्धनको त्यति धेरै प्रभाव हाम्रो पार्टीको लागि भएन । तर पनि यो एउटा प्रक्रिया जारी रहेकोले अहिले निचोडमा पुग्ने बेला बनिसकेको छैन,’ आज संसद बैठकबाट बाहिरिने क्रममा श्रेष्ठले भने ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृति समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच पाँच दलीय गठबन्धन बनेको थियो ।

स्थानीय तहको परिणामले गठबन्धन टुट्छ त ? भनि पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने, ‘यो सबै परिणामहरु आइसकेपछि समिक्षा हुनेछ । राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो । यसको छुट्टै महत्व छ ।’

आज बिहान मात्र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पनि चुनावी परिणामलाई लिएर गठबन्धनप्रति असन्तुष्टी जनाएका थिए । उनले गठबन्धनको समिक्षा गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ६ : २३ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।