काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन साहले सुरुवाती अग्रतालाई कायमै राखेका छन् । बालेन १२ हजार ८९२ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् ।
बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६००७ मतले अगाडि छन् । स्थापित बालेनलाई ६ हजार ८८५ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले ६ हजार १०९ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत पाएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ३ हजार ६१४ र राप्रपाकी विनिता मगैयाले २६२८ मतका साथ प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया