Logo

प्रमुख समाचार

काठमाडौंमा ३७४०४ मत गणना गर्दा बालेनलाई ६५९३ मतको अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकामा बुधवार बिहान ५ः३० बजेसम्म कुल ३७ हजार ४ सय ४ वटा मत गणना गरिएको छ ।

ताजा परिणाम अनुसार काठमाडौंको महानगरको प्रमुख अर्थात मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले १४ हजार ४४५ मत ल्याएर अग्रस्थानमा छन् ।

उनलाई नेकपा एमालेका केशव स्थापितले ७ हजार ८ सय ५२ मतसहित पछ्याइरहेका छन् । स्थापितभन्दा बालेन ६ हजार ५ सय ९३ मतले अगाडि छन् । नेपाली कांग्रेसकी मेयर पदकी उम्मेदवार सिर्जना सिंह भने ६ हजार ९ सय मतसहित तेस्रो स्थानमा छिन् ।

हालसम्म काठमाडौंका १, २ तथा ५ नम्बर वडाका मत परिणाम सार्वजनिक भैसकेको छ भने हाल वडा नम्बर ३, ४, २९, ३०, ३१ तथा ३२ नम्बरको गणना जारी छ । हालसम्म गरिएको मतगणना अनुसार बालेनले कुल ३८ प्रतिशत मत आफ्नो पक्षमा पारेका छन् ।

काठमाडौंमा कुल १ लाख ९० हजारले मतदान गरेका छन् । जसमध्ये हालसम्म करिव २० प्रतिशतमात्र गणना गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ६ : १४ बजे

2.334k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।