Logo

प्रमुख समाचार

इलाम नगरपालिकामा कांग्रेस विजयी



इलामको इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । 

मेयरमा नेपाली कांग्रेसका उम्मेदवार केदार थापा निर्वाचित भएका छन् । थापाले १३ हजार १६५ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका धिरेनकुमार चेम्जोङले १० हजार ५८७ मत पाए ।

त्यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसकी विष्णुकुमारी लिम्बूले जित हात पारिन् । उनले १३ हजार ५४२ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सितादेवि रिजालले १० हजार ८८ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ७ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।