Logo

प्रमुख समाचार

बकैयामा कांग्रेसका लामिछाने विजयी



मकवानपुरको बकैया गाउँपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका धर्म लामिछाने विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सरला बोलखेलाई पराजित गरेका हुन् । २१ हजार ७७१ मत खसेको बकैयामा विजयी भएका कांग्रेसका लामिछानेले ११ हजार २९२ मत प्राप्त गरे भने पराजित बोलखेले ७ हजार ६६ मत प्राप्त गरिन् । 

त्यस्तै पालिका उपप्रमुखमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका छन् । उपमेयरमा निर्वाचित खत्रीले ९ हजार ५२२ मत प्राप्त गरे । एमालेका लालबहादुर स्याङ्तानले ७ हजार ६५२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ९ : ०२ बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।