Logo

प्रमुख समाचार

पोखरामा गठबन्धन साढे १८ सय मतान्तरले अघि



पोखरा । पोखरामा गठबन्धनले अग्रता करिव २ हजार पुर्‍याउन लागेको छ । मिश्रित दाबी गरिएका वडाहरुको गणनामा गठबन्धन अघि देखिएको छ । मेयरमा धनराज आचार्यले १ हजार ८ सय ४५ मत अग्रता लिएका छन् । उनले १४ हजार ३ सय ६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनकी कोपीला रानाभाट भने झिनो अन्तरले अगाडि छिन् । उनले एमालेकी मन्जुदेवी गुरुङलाई ३ सय ९० मतले पछि पारेकी छिन् ।

कोपीलाको १४ हजार ६ सय ६६ मत आउँदा मन्जुको १४ हजार २ सय ७५ मत छ । हालसम्म ३४ हजार ६ सय १७ मत गणना भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ९ : १० बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।