Logo

प्रमुख समाचार

भरतपुरमा रेनु १६०० मत अन्तरले अगाडि



चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १६ सयभन्दा बढी मत अन्तरको अग्रता लिएकी छन् ।

२७ हजार २६ मतगणना हुँदा रेनुले ९ हजार ८०१ मत पाएकी छन् । उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १८४ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाएका छन् ।

उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ७४० मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ६६८ मत पाएकी छन् ।

भरतपुरमा माओवादी केन्द्र र नेपाली कांग्रेसले तथा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार ०९:४८   :  बजे

306
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।