Logo

प्रमुख समाचार

भरतपुरको ताजा अपडेट : विजयसँगको मतान्तर बढाउँदै रेणु



काठमाडौँ । भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहालले मतान्तर बढाएकी छन् । २७ हजार ४३८ मत गणना भइसक्दा रेणु नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा १ हजार ७१२ मतले अगाडि छिन् ।

रेणुले अहिलेसम्म ९ हजार ९७० मत प्राप्त गरेकी छन् भने विजयले ८ हजार २५८ मत पाएका छन् । स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरमा पनि गठबन्धन नै अगाडि छ । गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी ११ हजार ९५६ मतका साथ अग्रस्थानमा छने भने राप्रपाका हिमला गुरुङले ६ हजार ७४२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  १० : ४७ बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।