Logo

प्रमुख समाचार

विवादपछि रोकिएको पाँचपोखरीको मत गणना अझै सुरु हुन सकेन



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपांलिकामा २२ घण्टादेखि रोकिएको मत गणना अझै सुरु हुन सकेको छैन । वडा नम्बर ५ गुन्सामा मत गणनाका क्रममा विवाद भएपछि मतगणना कार्य रोकिएको हो ।

निर्वाचन अधिकृतले कुनै निर्णय लिन नसक्दा त्यहाँ मत गणना सुरु हुन सकेको छैन । मत गणना सकिँदा एमाले ९ मतले अगाडि देखियो । १२ सय ३ मत अर्धकट्टी छ भने ढ्वाङमा १२ सय मात्र मत देखिएपछि त्यहाँ विवाद भएको हो ।

३ मतपत्र हराएपछि कांग्रेसको विरोधमा रोकिएको मत गणना सुरु हुन सकेको छैन । वडा नं. ४ सम्म भने मत गणना सम्पन्न भइसकेको छ ।

वडा नं. १ , ३ नेकपा कम्युनिष्ट पार्टी एमाले ,वडा नं. २ मा नेपाली काग्रेस , वडा नं. ४ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वडाध्यक्ष उम्मेदवार विजयी भएका छन् । अहिलेसम्म पालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता कायमै छ ।

माओवादी र काग्रेस गठबन्धनका उम्मेद्वार दोस्रो क्रममा छन् । जिल्लामा ८ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ भने मेलम्ची, लिसंखु र सुनकोसीको गणना अन्तिम चरणमा पुगेको छ ।

मेलम्ची नगरपालिका र सुनकोसीमा कांग्रेसको अग्रता कायमै छ भने लिसंखुपाखरमा माओवादीको अग्रता देखिन्छ । यसअघि कांग्रेसले हेलम्बु, भोटेकोशी, त्रिपुरासुन्दरी, बाह्रविसेमा , एमालेले इन्द्रावती र माओवादीले बलेफी, चौतारा र जुगमा पालिका प्रमुख जितिसकेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार ११:१२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।