भोजपुर । जिल्लाको नौ वटै स्थानीय तहको निर्वाचनको मत गणना सम्पन्न भएको छ। यहाँको दुई नगरपालिका र सात वटा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
यहाँ एमाले र कांग्रेसले तीन/तीन, नेकपा (माओवादी केन्द्र) दुई र एक स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । षडानन्द नगरपालिका, पौवादुङमा गाउँपालिका र हतुवागढी गाउँपालिकामा एमालेले, भोजपुर नगरपालिका, अरुण गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसले जित हासिल गरेको छ। आमचोक गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा माओवादीले जित हासिल गरेको छ ।
आमचोकमा माओवादी एक्लै लडेको हो भने रामप्रसादराईमा कांग्रेस माओवादीले गठबन्धन गरेका थिए। यता साल्पासिलिछो गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । एमालेले टिकट नदिएपछि स्वतन्त्त उठेका दौलथ कुलुङ विजयी बनेका हुन् ।
प्रतिक्रिया