Logo

प्रमुख समाचार

कांग्रेसलाई हराउँदै स्याङ्जाको वालिङमा एमालेले जित्यो मेयर



स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाको मेयर नेकपा एमालेले जितेको छ । एमालेका उम्मेदवार कृष्ण खाणले १३ हजार ७७६ मतसहित मेयर जितेका हुन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार दिलिपप्रताप खाणलाई हराए । खाणले ११ हजार ५९३ मत मात्रै ल्याएका छन् ।

उपमेयर भने कांग्रेसकी कविता तिवारीले उपमेयर जितिन् । उनले १२ हजार ८२२ मत ल्याएकी छन् । उनले एमालेकी उम्मेदवार खगी सरा थापा मगरलाई हराएकी हुन् । मगरले १२ हजार ३४० मत ल्याएकी छन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  १२ : ३१ बजे

696
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।