Logo

प्रमुख समाचार

हेटौँडा उपमहानगरमा मीनाकाे अग्रता



मकवानपुर । हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाएकी छन् । मेयरमा हालसम्म ३७ हजार ९९४ मतगणना हुँदा मिना लामाले  ११ हजार ८७९ मत पाएकी छन् भने राप्रपाका दिपक सिंहले ११ हजार ४५ मत पाएका छन् । 

यस्तै तेस्रो स्थानमा एमालेका अनन्त पौडेल रहेका छन् । उनले १० हजार ७४४ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले ११ हजार ८९५ मत पाउँदा काँग्रेसका राजेश बानियाँले १६ हजार ९६७ मत पाएका छन् । यस्तै राप्रपाकी इन्दिरा न्यौपानेले २ हजार ७७८ मत पाएकी छन्  ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  १ : ३८ बजे

1.875k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।