पर्सा । पर्सा जिल्लामा २१ वर्षीय युवा पालिका प्रमुखमा निर्वाचित भएका छन् । पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का २१ वर्षीय वशीष्टकुमार गुप्ता निर्वाचित भएका हुन् ।
निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार कुर्मीलाई ११७ मत अन्तरले पराजित गर्दै जसपाका गुप्ता, गाँउपालिका अध्यक्षमा विजयी भएका हुन् । गुप्ताले ३ हजार ७४३ मत पाएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका कुर्मीले ३ हजार ६२६ मात्रै मत पाएका थिए।
यस्तै कालीकामाई गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी राजमति बरैनी ३९८२ मतका साथ निर्वाचित भएकी छिन् । उनका निकटम प्रतिद्वन्द्वी जसपाकी सहानी खातुनले ३८५९ मत पाएकी छिन् ।
५ वटा वडा रहेको कालीकामाई गाँउपालिकामा ३ वटा वडा जसपाले जित्दा कांग्रेस र एमालेले १-१ वडा जितेका छन् ।
प्रतिक्रिया