Logo

प्रमुख समाचार

हेटौंडा अपडेट : गठबन्धनकी मीना लामा ८३४ मतले अगाडि



मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार मीनाकुमारी लामाले ११,८७९ मत प्राप्त गरेकी छन् । 

यसैगरी लामालाई पछ्याउँदै राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ११,०४५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले १०,७४४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँले १६,९६७ मत प्राप्त गरेका छन् ।उपमेयरमा पनि गठबबन्धक तर्फका बानियाँ अगाडि रहेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका तर्फबाट उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले ११८९५ मत प्राप्त गरेकी छन् । 

यसैगरी राप्रपाका तर्फबाट उपमेयरका उम्मेदवार इन्दीरा न्यौपाने डल्लाकोटीले २,७७८ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  २ : ४७ बजे

429
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।