Logo

प्रमुख समाचार

राजेन्द्र महतोका दाजुलाई कांग्रेसका राजकुमारले हराए



सर्लाही लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोको घर भएको सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा कांग्रेसले जित हातेको छ ।

लोसपा नेता महतोको दाजु महेन्द्र महतोलाई हराउँदै कांग्रेसका उम्मेदवार राजकुमार महतोले जित हासिल गरेका हुन् । कांग्रेसका राजकुमारले ३ हजार ९९५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी महतोले माओवादीका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत ल्याए । नेता राजेन्द्र महतोको दाजु महेन्द्र २८८५ मत ल्याएर तेस्रोमा खुम्चिए । चन्द्रनगरका निवर्तमानअध्यक्ष महेन्द्र महतो निकटतम प्रतिस्पर्धीसमेत हुन सकेनन् । 

उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार गीतादेवी महतो ३ हजार ८६० मत ल्याएर विजयी भइन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी मंजुदेवी २९५८ मत ल्याएकी थिइन् ।  

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १५:३२   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।